“फेवा आइडल–२०७५” को अन्तिम प्रतिष्पर्धा विहीबार

फेवा टेलिभिजनद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय सामूहिक लोक सांस्कृतिक नृत्य प्रतियोगीता “फेवा आइडल–२०७५” को अन्तिम प्रतिष्पर्धा ग्राण्ड फिनालेको अन्तिम तयारी पूरा भएको छ । विहीबार र शुक्रबार पोखरा–९, नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने उक्त प्रतिष्पर्धामा १४ वटा विभिन्न समुहहरुले आ–आफ्नो प्रस्तुती राख्ने छन् ।

नेपाल सरकारले अघि सारेको “सुखी नेपाली, समृद्ध नेपाल”को नारालाई सार्थक पार्न गण्डकी प्रदेशमा लुकेर रहेका संस्कृतिको संरक्षण र संवद्र्धनका साथै पर्यटन प्रवद्र्धनका लागि उक्त प्रतियोगिताको आयोजना गरिएको टेलिभिजनका प्रबन्ध निर्देशक लिलबहादुर जिसीले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुबाट कला र सांस्कृतिक नृत्य सहित विभिन्न जातजाति, भाषा–भाषी र भेषभूषाको पहिचान सहित २ सय भन्दा बढी टिमहरुले सहभागिता जनाएका थिए ।प्रतियोगीतामा पहिलो हुनेले नगद ३ लाख ५० हजार रुपैयाँ साथमा ट्रफि, द्वितीय हुनेले नगद २ लाख, तृतीय हुनेले नगद १ लाख ५० हजार र सान्त्वना हुनेले नगद १ लाख रुपैयाँ पुरस्कार पाउने प्रबन्ध निर्देशक जिसीले जानकारी दिनुभयो । प्रतियोगीताका बाँकी १० समूहलाई नगद ३०÷३० हजार रुपैयाँ प्रोत्साहन स्वरुप प्रदान गरिने छ ।
गण्डकी प्रदेशमा बसोबास गर्ने विभिन्न जातजाती, भाषा भाषी, सांस्कृतिक पहिचानसहित स्थानीयस्तरमा रहेका पर्यटकीय स्थलहरुको प्रचारप्रसारमा समेत उक्त प्रतियोगीताले टेवा पु¥याउने जिसीले विश्वास लिनुभएको छ ।

जिसीले उक्त प्रतियोगीता नेपालमै पहिलो पटक आयोजना गरिएको दावी समेत गर्नुभयो । प्रतियोगीता सम्पन्न गर्न नगद ४६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगीताको अन्तिम प्रतिष्पर्धा अगाडी विहिबार सांस्कृतिक पहिचान झल्कने बृहत ¥याली गरिने कार्यक्रम संयोजक सुजन बरालले जानकारी दिनुभयो ।

Facebook Comments