तेस्रो धनगढी प्रिमियर लिग ( डिपिएल ) को खेल तालिका सार्वजनिक
माघ २६ गते देखि फागुन ११ गतेसम्म रुस्लान धनगढी प्रिमियर लिग ( डिपिएल ) को तेस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । तालिका अनुसार माघ २६ गते हुने उद्घाटन खेलमा विराटनगर किंग्स र धनगढी स्टार्सवीच प्रतिस्पर्धा हुनेछ ।
यस संस्करणमा धनगढी स्टार्स, सीवाइसी अत्तरिया, काठमाडौं गोल्डेन्स, रुपन्देही च्यालेन्जर्स, विराटनगर किङ्ग्स र महेन्द्रनगर युनाइटेड सहभागी हुँदैछन् । सहभागी ६ वटै टोलीले खेलाडी छनौट गरिसकेका छन् ।
Facebook Comments

