स्याङ्जा आँधीखोला महोत्सव फागुन तेश्रो सातादेखि हुने

स्याङ्जा सदरमुकाम पुतलीबजार नगरपालिका १ स्थित मालेबगर खेल मैदानमा यही फागुन १७ देखि २६ गतेसम्म प्रथम स्याङ्जा आँधीखोला महोत्सव २०७५ हुने भएको छ । स्याङ्जा चेम्बर अफ कमर्शको आयोजनामा “महोत्सव स्याङजाको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि” भन्ने मुल नाराका साथ महोत्सव गर्न लागेको हो ।

पुतलीबजार नगरपालिका–१४, सतौँ चण्डीको कोटमा पत्रकार सम्मेलन गरी महोत्सवबारे जानकारी दिइएको हो । जिल्लाकै धार्मिक तथा ऐतिहासिक महत्व रहेको स्थल सतौँ चण्डीको आर्शिवादसंगै महोत्सव सफल हुने आयोजकको विश्वास रहेको छ ।

श्रवणकुमार आफ्ना अन्धाअन्धी बुवाआमाको ऐतिहासिक एवं धार्मिक पृष्ठभुमि, स्याङ्जाली सभ्यता र साझा पहिचानको रुपमा रहेको आयोजकको भनाई रहेको छ । आँधीखोलाको महत्वको जानकारी दिने र प्रचारप्रसार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको चेम्बरका अध्यक्ष एवं मुल समिति संयोजक नन्द कुमारी लम्सालले जानकारी दिनुभयो ।

अध्यक्ष लम्सालले व्यापारिक थलो मात्र नभई यहाँका स्थानीय उत्पादित वस्तुको प्रर्वद्धन तथा बजारीकरणमा महोत्सवले टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । स्याङजाका पर्यटकीय एवं धार्मिक स्थलहरुको प्रचारप्रसार गर्ने र कृषि उपजलाई बजारीकरण गर्न महोत्सवको सहयोग गर्ने लम्सालले जानकारी दिनुभयो ।

ग्रामीण क्षेत्रमा उत्पादित वस्तुको बजार प्रर्बद्धन गर्ने, कृषि जन्य लघु, घरेलू तथा साना उद्योगहरु प्रर्वद्धन गर्नका लागी ज्ञान, सिप र प्रविधि हस्तान्तरणका लागी सहयोग गर्ने, कृषि उपजको बजार प्रर्वद्धनमा सघाउ पु¥याउने, प्रादेशिक रुपमा नयाँ प्रविधि तथा सिपको प्रदर्शनी तथा हस्तान्तरणमा सहयोग पु¥याउने, आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्धन गर्ने, साहित्य कला र संस्कृतिको प्रचारप्रसार, शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रको विकास र अवसरको खोजी गर्ने महोत्सवको उद्देश्य रहेको छ ।

१० दिनसम्म चल्ने महोत्सवमा कृषि तथा पशुपंक्षी एवं जैविक विधिता प्रर्दशनी, खाना महोत्सव, शैक्षिक प्रदशनी, कविता प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, स्थानीय निकायबीचमा सांस्कृतिक महत्व रहेको नौमती लोक बाजा प्रतियोगिता महोत्सवको आर्कषण रहेको छ ।

महोत्सवमा कृषि तथा पशुपंक्षी, दैनिक उपभोग्य एवं खाद्यान्न, कस्मेटिक, फेन्सी, अटोमोबाई, शैक्षिक, सूचना प्रविधि, हस्तकलालगायतका २ सय स्टलहरु रहनेछन् । ३ लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा ७० लाख आम्दानी र ५० लाख खर्च गर्दै २० लाख बचन गर्ने आयोजकको लक्ष्या रहेको छ । नेपाल पर्यटन बोर्डले प्रर्वद्धन गरेको महोत्सवलाई पुतलीबजार नगरपालिका र गण्डकी प्रदेशले विषेश सहयोग रहने आयोजकको भनाई छ ।

Facebook Comments