सरकारले विकासका लागि जग तयार गरेको छ : प्रधानमन्त्री
नेपालको पानी जनताको लगानी कार्यक्रम समुद्घाटन गरिएको छ । कार्यक्रमको घोषणा गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारले १ बर्षको अवधिमा धेरै राम्रा काम गरको जिकीर गर्नुभएको छ ।
सरकारले भिजनसहित काम गरेको भन्दै प्रधानमन्त्री ओलीले जनताले पनि सुदृढ सरकार बनाएको दावी गर्नुभयो । यो सरकारले बर्षौ बर्षसम्मका लागि मुलुकको विकासको आधार खडा गरेको प्रधानमन्त्रीको दावी रहेको छ ।
अहिलेको सरकारले एक वर्षभित्रमा कानूनी, आर्थिक, संरचनागत, व्यवहारिक सबै हिसाबले बलियो जग तयार पारेको प्रधानमन्त्री ओलीको भनाई थियो । उहाँले वर्तमान सरकार छलछाम गर्ने नभई स्पष्ट योजना र मार्गचित्रका साथ अगाडि बढेको पनि उल्लेख गर्नुभयो । यसअघि कहिल्यै नभएका काम आफ्नो नेतृत्वको सरकारले एक वर्षभित्रमा गरेको प्रधानमन्त्रीले जिकीर समेत गर्नुभयो ।
Facebook Comments

