बागवानी केन्द्र मालेपाटनका प्रमुख पोखरेलको विदाइ, सेवा निवृत्तकाे विज्ञता उपयाेगमा जाेड
सेवा निबृत्त प्राविधिकहरुको ज्ञान राज्यले प्रयोग गर्नुपर्नेमा पोखरामा भएको एक कार्यक्रममा जोड दिएको छ । बागवानी अनुसन्धान केन्द्र मालेपाटनका प्रमुख तीर्थराज पोखरेलको उमेर हदको कारण सेवा निबृत्त हुनु भएका उहाँकोे विदाइ कार्यक्रममा बोल्ने कृषि विज्ञहरुले सो कुरा बताएका हुन ।

३६ बर्ष कृषि प्राविधिक क्षेत्रमा विताउनु भएका पोखरेल जस्तै सेवा निबृत कर्मचारी संग हुने ज्ञानलाई राज्यले सही सदुपयोग गर्न सके फाइदा हुने सुझाव कृषि विज्ञहरुको रहेको छ । ३६ बर्ष काम गरेर ५८ बर्षको उमेर सेवा निबृत्त भएको कर्मचारी संग ज्ञानको भण्डार हुने हुदा ज्ञानको सही सदुपयोग भए कृषि र कृषकलाई फाइदा पुग्ने मालेपाटन बागवानी अनुसन्धान केन्द्र मालेपाटनका निमित्त प्रमुख श्यामप्रसाद पौडेलको भनाई थियोे ।
प्राविधिक सरोज अधिकारीले अन्यक्षेत्र भन्दा प्राविधिक लाइन जति लामो अनुभव भयो उति फलदायि हुने हुदा राज्यले पोखरेल संग भएको ज्ञानको उचित प्रयोग नगरेपनि कुनै न कुनै माध्यमबाट कृषकसंग जोडिन अधिकारीले पोखरेललाई आग्रह गर्नुभयो ।
सरकारी सेवा बाट निबृत्त हुनुभएका पोखरेलले आफुसंग भएको ज्ञान कृषि र कृषक माझ प्रयोग गर्ने बताउनुभयो । उहाले १० – ५ को जागिर बाट सेवा निबृत भएको तर आफुले जानेको ज्ञानबाट सेवा निबृत भने नभएको बताउनुभयो ।
२०३९ साल बाट शुरुगरेको जागिरको दौरानमा धेरै जिल्ला पुगेपनि पोखरा बसाई अविस्मरणीय रहेको बताउनु भयो । पछिल्लो पटक पोखरेल २०७२ साउन देखि पोखरा मालेपाटनमा प्रमुखको रुपमा कार्यारत रहनुभएको थियो । पोखरेललाई सेवा निबृत जिवन सुखमय रहोस भन्दै कर्मचारी एवं साथीहरुले अविर माला , र मायाको चिनो सहित भब्यरुपमा विदाई गरेका थिए ।

