इन्जिनियर्स एशोसिएशनमा प्रगतिशील प्यानल विजयी

नेपाल इन्जिनियर्स एशोसिएशनको ३२औं कार्यकारिणी समिति निर्वाचनमा प्रगतिशील इन्जिनियर समूहको प्यानलै विजयी भएको छ । काठमाण्डौंको प्रज्ञा प्रतिष्ठानमा केन्द्रीय कार्यकारिणी समितिका १८ पदका लागि गत शुक्रबार मतदान भएको थियो । निर्वाचनको मतपरिणामअनुसार लोकतान्त्रिक समूहका प्रा हिरेन्द्रमान शाक्यलाई ४१३ मत अन्तरले पराजित गर्दै अध्यक्षमा प्राडा त्रिरत्न बज्राचार्य निर्वाचित हनुुभएको छ ।

अन्य सबै पदाधिकारी र बहुमत सदस्यहरुमा पनि प्रगतिशील प्यानल विजयी भएको इन्जिनियर सञ्जिव रोकाहाले जानकारी दिनुभयो । उहाँका अनुसार उपाध्यक्षमा आषिश घिमिरे, महासचिवमा छविलाल पोखरेल, उपमहासचिवमा कपिल आचार्य, कोषाध्यक्षमा रामइकवाल यादव, सहकोषाध्यक्षमा चाँदमाला श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

निर्वाचनमा लोकतान्त्रिक समूहबाट इञ्जिनियर प्रा शाक्य सहित उपाध्यक्षमा डा चन्द्रिकाप्रसाद भट्ट, महासचिवमा अभिमन्युलाल सिंह, उपमहासचिवमा अशोककुमार शाह, कोषाध्यक्षमा अपिल केसी र सह कोषाध्यक्षमा इ जानुका थापा चुनावी प्रतिस्पर्धामा रहनुभएका थिए ।

Facebook Comments