सरकार र पार्टी सञ्चालनबीच समन्वय आवश्यक : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार र पार्टी सञ्चालनबीच समन्वय हुनुपर्ने बताउनुभएको छ । पार्टीको स्थायी कमिटीको आजको बैठकमा सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले सामूहिक नेतृत्व र छलफलका आधारमा अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।

उहाँले समन्वय गरेर अगाडि बढे मात्र पार्टी र सरकार सफल हुने धारणा राख्नुभयो । दुई अध्यक्षले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदनबारे सदस्यले दिएको सुझाव समेट्दै परिमार्जन गरेर त्यसलाई पारित गर्नुपर्ने प्रचण्डको भनाई थियो । उहाँले सदस्यहरुले राखेका धारणाका विषयमा कार्यदल बनाएर समस्या सामधान गर्न सकिने बताउनुभयो ।

प्रचण्डले बैठकबाटै सबै बिवादको टुंगो लगाउनुपर्ने र स्थायी कमिटिबाटै कार्यदल बनाउन प्रस्ताव गर्नुभयो । अध्यक्ष प्रचण्डले सरकारको रक्षा, सरकारले गरेका राम्रा कामको प्रचारमा ध्यान दिन पनि सदस्यहरुलाई आग्रह गर्नुभयो । स्थायी कमिटीको भोलिको बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम छ ।

Facebook Comments