आफ्ना सांसदलाई धैर्य हुन र सरकारको पक्षमा बोल्न प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री केपी शर्माओली आफ्नो दलका सांसदहरूलाई जथाभावी नबोल्न र सरकारले गरेका कामको बचाउ गर्न आग्रह गर्नुभएके छ । सांसदहरुले भने पार्टीभित्र बोल्ने ठाउँ कतै नभएपछि आन्तरिक विषयमा समेत संसदमा बोल्नुपरेको बताउका थिए ।
लामो समयपछि बसेको नेकपा संसदीय दलको बैठकमा बोल्ने २९ जनामध्ये अधिकाशं सांसदहरूले पार्टी नेतृत्वले बोल्ने ठाउँ नदिएको र आफूहरु एक हिसावले बेरोजगार बनेको बताएका थिए ।
पार्टीका अध्यक्षको नेतृत्वमा सरकार भए पनि सरकारका कामकारबाही बारे कुनै सरसल्लाह नहुँदा सरकारको बचाउ गनृ अफ्टेरो भएको सांसदहरुको गुनासो थियो । नेता भीम रावलले त पार्टी र सरकारलाई लिखित सुझाव नै पेश गर्नुभएको थियो ।
त्यस्तै नेकपाको एकीकरणमा महत्वपूर्ण भूमिका खेल्नुभएका सांसद एवं पूर्वमन्त्री जनार्दन शर्माले पार्टी विधि अनुसार चल्नुपर्ने बताउनुभयो ।
सांसदका कुरा सुनेपछि प्रधानमन्त्रीले सांसदलाई धैर्य हुन र सरकारले राम्रो काम गरिरहेकाले सरकारका निर्णयको बचाउ गर्न आग्रह गर्नुभएको हो ।
सांसदहरुले जहाँको त्यही बोल्न नहुने भन्दै जनता र सांसदलाई बुझाउन नसक्दा विपक्षीले भड्काउने गरेको प्रधानमन्त्रीको भनाई थियो ।

