ट्यालेण्ट क्वेष्ट गण्डकीको फाइनलका लागि २२ जना छनाैट
हेर्दा सानी रितिसा श्रेष्ठलाई स्टेजमा देख्दा जर्जहरुले विश्वास गरेका थिएनन् होला केहि बेरमा श्रेष्ठले नै आफुहरुको मन जित्नेछिन भनेर । विभिन्न प्रप्स सहित स्टेजमा उत्रिएकी उनले जब ‘किन बढ्दै छ ढुकढुकी मुटुको’ गितमा अनेक हाउभाउ सहितको नृत्य प्रस्तुत गरिन्, दर्शक समेत तालि नबजाई बस्न सकेनन् ।
‘को हो नितिसाको ढुकढुकी ? निर्णायक नेत्रबहादुर गुरुङ्गको प्रश्नमा केही अलमल जस्ताे पनि भयाे ।गुरुङ्गकाे उमेर सम्बन्धि प्रश्नकाे जवाफमा पाँच वटा औला देखाउँदै जवाफ रह्याे पाँच ।
फेवा डान्सिङ्ग एकेडेमी पोखराको आयोजनामा पोखरामा जारी ट्यालेण्ट क्वेष्ट गण्डकी सिजन वान–२०७६ को फाइनलमा पुग्न श्रेष्ठलाइ सफलता मिलेकाे छ ।
अन्य २१ जनाले पनि प्रतियोगिताको कोरियोग्राफी राउण्ट पार गर्दै फाइनलको यात्रा तय गरेका छन् । रितिसालाई नृत्य सिकाउने लेकसाइडकी सविना श्रेष्ठले आफ्नों कोरियोग्राफीमा पाँचजनालाई प्रतिस्पर्धामा उतारेकाे जानकारी दिनुभयाे।
ती मध्ये तीन जनाले फाइनलमा स्थान बनाउएका छन् । एलिसा गुरुङ्ग वेष्ट प्रोमोमर अफ द डे तथा श्वेता सुवेदीले वेष्ट थिम अफ द डे को उपाधी सहित फाइनलमा छनौट भए ।
महिमा दर्नाल, आकांक्षा गुरुङ्ग, दुर्गा सुनार, सविना अधिकारी, श्रृष्टि राइभाट, यासाका लामा, विपना विक, कुसुम गुरुङ्ग, खुसि गुरुङ्ग, अनिता पुन मगर, मञ्जु शेर्पा, झरना क्षेत्री, जलन गुरुङ्ग, पवित्रा मगर, राजन तामाङ्ग, इश्वर गुरुङ्ग, दिव्या गुरुङ्ग, धनराज श्रेष्ठ, एनी गुरुङ्ग र एलिसा गुरुङ्गले पनि फाइनलका लागि स्थान सुरक्षित पारेका हुन् ।
प्रतियोगिताको विभिन्न चरणमा भएका छनौटमा ६० बढि प्रतिस्पर्धीहरु आएका थिए । ‘बचाऔं हाम्रो मौलिक लोक संस्कृती, हटाऔं पाश्चात्य पश्चिमी विकृती’ भन्ने नाराका साथएच.आर.फ्रेमिङ्ग र पिएम प्रिण्टिङ्ग अफसेट प्रेशको सहयोग तथा निश्चल डान्स एकेडेमि प्रालिको सहकार्यमा भएको प्रतियोगिता भएकाे हाे ।
प्रतियाेगिताकाे ग्राण्ड फिनाले आगामी असोजमा हुने आयोजक एकेडेमीका अध्यक्ष प्रविन मगरले जानकारी दिनुभयाे ।
प्रतियोगिता अन्तर्गत डान्सिङ्गतर्फ प्रथम, द्वितिय र तृतीय हुने प्रतिस्पर्धीले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार सहित प्रमाण–पत्र, म्युजिक भिडियो, जोमसोम प्याकेज तथा अन्य आकर्षक गिफ्ट ह्याम्पस पुरस्कार प्राप्त गरनेछन् ।
प्रतियोगिताको अन्य निर्णायकहरुमा अनिष कुमार भुज, सरु गुरुङ्ग, निरज राइभाट थिए भने सन्ध्या विसिले कार्यक्रम प्रस्तुत गरेको आयोजक संस्थाका सदस्य हरि रम्तेलले जानकारी दिनुभयाे ।

