भक्तपुरमा कांग्रेसका भँडेल विजयी
भक्तपुर क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवारलाइ पराजित गर्दै कांग्रेसका उम्मेदवार विजयी बनेका छन् ।
भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली काँग्रेसका उम्मेद्वार कृष्णलाल भँडेल विजयी हुनुभएकाे हाे । भँडेल १३ हजार ४४९ मतसहित प्रदेशसभा सदस्यमा विजयी हुनुभयाे ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार डीपी ढकालले ११ हजार २ सय ०६ मत प्राप्त गर्नुभयाे भने नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत ल्याउनुभएकाे छ ।
मतपरिणामकाे औपचारिक घाेषणा हुन भने बाँकी छ ।
२०७४ मा भएको प्रदेशसभा चुनावमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीका हरिशरण लामिछाने विजयी हुनुभएकाे थियाे ।
Facebook Comments

