कास्की ५ वटा वडाकाे मतगणना सकियाे, नेकपाकाे अग्रता कायमै

कास्की क्षेत्र नं. २ मा उपनिर्वाचनकाे मतगणना जारी छ । ५ वटा वडाकाे मतगणना सकिएकाे छ । वडा नं. ३३, २१, २०, १७ र १६ काे मतगणना सकिएकाे हाे ।

पछिल्लाे मतगणना अनुसार नेकपाले १४ हजार ८ सय ७९ मत प्राप्त गर्दा नेपाली कांग्रेसले ७ हजार ८ सय ५० मत प्राप्त गरेकाे छ ।

अव पाेखरा ४, ७, ८, ९, ११ र १५ नं. वडाकाे मत गन्न बाँकी रहेकाे छ ।

यद्यपि पछिल्लाे मतपरिणाम निर्वाचन अायाेगले अाधिकारीक रूपमा घाेषणा गर्न भने बाँकी छ ।

Facebook Comments