कास्कीमा २ काे मतगणना जारी (पछिल्लाे अपडेट)

कास्कीमा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनकाे मतगणना जारी छ । जारी मतगणनामा नेकपाकाे अग्रता कायमै रहेकाे छ ।

अहिलेसम्मकाे मतगणनाकाे परिणाम अनुसार नेकपा उम्मेदवार विद्या भट्टराइ अधिकारीले १५५०८, नेपाली कांग्रेसका खेमराज पाैडेलले ७८०७ मत हाँसिल गर्नुभएकाे छ ।

कास्कीमा उपनिर्वाचनमा विभिन्न १० राजनीतिक दल तथा स्वतन्त्र ११ गरी २१ उम्मेदवारले भाग लिएका छन् ।

समाजवादीका धर्मराज गुरुङले ९०२ मत, साझा पार्टीकी रजनी केसीले ३६८, राप्रपा नेपालका लाेकबहादुर भण्डारीले ३६० मत प्राप्त गरेका छन् ।

Facebook Comments