कास्कीमा नेकपा उम्मेदवार विद्या भट्टराई विजयी
कास्की क्षेत्र नं २ मा नेकपाकी विद्या भट्टराई निर्वाचित हुनुभएकाे छ ।
शनिबार भएको उपनिर्वाचनमा विद्याले कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गर्नुभएकाे हाे ।
नेकपाकी विद्याले २४ हजार ३ सय ९४ मत प्राप्त गर्दा कांग्रेसका खेमराजले १५ हजार ९ सय ९१ मत मात्र प्राप्त गर्नुभयाे ।
वैकल्पिक भनिएका दलहरूले न्यून मत पाएका छन् ।
सत्ता साझेदार रहेकाे समाजवादी पार्टीका धर्मराज गुरुङले १ हजार ९ सय २२ मत प्राप्त गर्नुभयाे ।
राप्रपाका राेमबहादुर भण्डारीले १ हजार १ सय ५३ मत पाउँदा साझा पार्टीकी रजनी केसीले ९ सय ४२ मत ल्याउँदा विवेकशील पार्टीकी जमुना शर्माले मात्र ७७ मत प्राप्त गर्नुभयाे ।
Facebook Comments

