पोखरा सडक महोत्सव सम्पन्न
पोखरा सडक महोत्सवमा नयाँ बर्ष २०१९ लाई भव्य स्वागतका साथ सम्पन्न भएको छ । महोत्सव अनौपचारिक रुपमा नै सम्पन्न भएको हो । २० औं संस्करणको सडक महोत्सवमा गए राती १२.०० बजे लगत्तै भव्य स्वागत गरिएको थियो ।
रेवान पोखराको आयोजनामा लेकसाइडमा सम्पन्न महोत्सवमा नयाँ बर्ष स्वागत कार्यक्रममा हजारौं आन्तरिक तथा बाह्य पर्यटक पुगेका थिए । पाँचदिने महोत्सवको अन्तिम दिन मंगलबार दिनैभर विभिन्न सांगीतिक कार्यक्रम भएको आयोजक रेबान पोखराका अध्यक्ष भिमसेन भुजेलले जानकारी दिनुभयो ।
महोत्सवमा दोहोरी गीत प्रतियोतिगा, रत्यौलि प्रतियोगिताका साथै विभिन्न मनोरञ्जनात्मक खेलकूद प्रतियोगिता समेत आयोजना गरिएको थियो । महोत्सवले पोखराको पर्यटन प्रबद्र्धनका लागि भूमिका निर्वाह गरेको आयोजकको ठम्याई रहेको छ ।
रेवान पोखराको आयोजनामा लेकसाइडमा जारी पोखरा सडक महोत्सवमा नयाँ बर्ष २०१९ लाई भव्य स्वागत गरिएको छ । २० औं संस्करणको सडक महोत्सवमा गए राती १२.०० बजे लगत्तै भव्य स्वागत गरिएको हो ।
नयाँ बर्ष स्वागत कार्यक्रममा हजारौं आन्तरिक तथा बाह्य पर्यटक महोत्सव स्थल कोमागाने पार्क र लेकसाइडको सडकमा पुगेका थिए । पाँचदिने महोत्सवको अन्तिम दिन मंगलबार दिनभर विभिन्न कार्यक्रम हुनेछन् ।

साँझदेखि अनौपचारिक रुपमा महोत्सव सम्पन्न हुनेछ । सोमबार महोत्सवको प्रमुख स्थल कोमागाने पार्कमा प्रजापति पराजुली, बद्रि पंगेनी, कुमार पुन, जिवन दाहाल, सरला पाण्डे, पार्वती जिसी, बबिता बानियाँ, माया गुरुङ्ग, केशब देवकोटा, मञ्जु विक, अनिता पन्त, प्रदिप त्रिपाठी, कृष्ण सुवेदी लगायतको लोकदोहोरी प्रस्तुती गरेको थियो ।
त्यसैगरि दोहोरी गित प्रतियोतिगामा गोर्खा र स्याङ्जा जिल्ला तथा कास्की र बाग्लुङविच प्रतिस्पर्धा भएको छ । रत्यौलि प्रतियोगितामा पनि विभिन्न समुहले आ–आफ्नों प्रस्तुती राखेका थिए ।
हाँस्यब्यँग्य तर्फ दिपक थापा, घिरौली, बुद्धि खनालको प्रस्तुतीले मनोरञ्जन दिलायो भने तामाङ्ग सेलो, चुनुसिल्पा परिवारको नृत्य प्रस्तुती पनि सोमबार नै भएको साँस्कृतिक समितिका भरत पौडेलले जानकारी दिनुभयो ।
चौथो दिनपनि लेकसाइडको तीन किलोमिटर क्षेत्रभित्रको विभिन्न स्थानहरुमा पनि साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमले निरन्तरता पाएको आयोजक रेवान पोखराका महासचिव गणेश थापाले जानकारी दिनुभयो ।

