गण्डकी प्रदेशमा स्वरोजगार कार्यक्रम शुरु
गण्डकी प्रदेशमा स्वरोजगार सिर्जना तालिम शुरु भएको छ । पोखरामा शुरु भएको स्वरोजगार गण्डकी नामक कार्यक्रमको गण्डकी प्रदेशकी सामाजिक बिकासमन्त्री नरदेवि पुनले उदघाटन गर्नूृभएको हो । संघीय सरकारले रोजगार कार्यक्रम घोषणा गरेसंगै गण्डकी प्रदेशले पनि आफ्ना प्रदेशमा रहेका हरेक नागरिकलाई तालिम दिई सो अनुसारको ब्यबशायमा संलग्न गराउने उद्देश्यले स्वरोजगार गण्डकी कार्यक्रम सुरु गरिएको हो ।
तालिम लिएर सोही अनुसारको काममा नलाग्नेहरुको लागि भने स्वरोजगार गण्डकी कार्यक्रम नभएको कार्यक्रम घोषणा तथा तालिम उदघाटन कार्यक्रममा मन्त्री नरदेवि पुनले जानकारी गराउनुभयो । तर तालिम लिएपछि ब्यबसायको लागि पैसा भएन भने मन्त्रालयले त्यसको ब्यबस्था गरिदिने पनि उहाँले सो अबसरमा जानकारी दिनुभयो ।
तर तालिम र भत्ताको लागि मात्र तालिममा बस्ने रहर नगर्न उहाँले स्पष्ट पार्नुभयो । तालिमपछि पेशा व्यवसायमा नलागेमा भने तालिम खर्च समेत फिर्ता दिनुपर्ने मन्त्री पुनको भनाई थियो । तालिम लिने अनी घर गएर बस्ने होईन, तालिम पनि जे को बारेमा जानकारी लिइएको छ सो बारे उद्यम गर्न मन्त्री पुन आग्रह गर्नुभयो ।
तालिमको मात्र हिसाव गर्ने हो भने देशका सबै नागरीक भन्दा धेरै तालिम भैसकेका छन, तर मानिसहरु उद्यममा लागेका छैनन, उहाँको भनाई थियो । अब तालिम संगै मन्त्रालयले आर्थिक लगानीमा पनि सहयोग गर्ने भएकाले उद्यममा नलाग्नेलाई तालिमको खर्च समेत फिर्ता गराउन लागिएको उहाँले स्पष्ट पानुभयो ।
कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वरोजगार कार्यक्रमका संयोजक तथा उप सचिव नारायण आचार्यले बिभिन्न ५५ प्रकारका तालिमको खाका तयार पारिएको जानकारी दिनुभयो । तालिम लिनका लागि र ब्यबशायमा संलग्न हुनका लागि उहाँले सबै प्रदेशबासीलाई पनि अनुरोध गर्नुभयो ।
घोषणा कार्यक्रममा ब्यबशायिक ‘एभोकाडो व्यवसायिक खेती तथा नर्सरी व्यवस्थापन तालिम’ को सुरुवात पनि गरिएको छ । तालिममा प्रदेशका मनाङ, मुस्ताङ र नवलपुर जिल्ला बाहेक कास्की, म्याग्दी, बाग्लुङ, पर्वत, स्याङजा, लमजुङ, गोरखा र तनहुँका गरी ३५ जना सहभागी छन् ।
युवाहरुलाई वैदेशिक रोजगारमा जानबाट निरुत्साहित गर्न र समृद्ध नेपाल सुखी नेपाली बन्ने परिकल्पनालाई साकार बनाउन स्वरोजगार सिर्जना तालिम महत्वपूर्ण हुने सामाजिक बिकास मन्त्रालयको अपेक्षा रहेको छ । मन्त्रालयले आगामी ५ बर्षभित्र गण्डकी प्रदेशमा धेरै नागरिकलाई व्यवसायिक बनाउन सकिने लक्ष लिएको छ ।

