नेपालकै लामो गुफा दावी गरिएको गडहरे गुफाको प्रचार प्रसार गरिने
स्याङजाको भीरकोट नगरपालिका अहिले पर्यटकीय सम्भावना भएका ठाउँको प्रचार प्रसार संगै पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा जुटेको छ ।
नेपालमा पहिलो पटक प्याराग्लाइडिङ अन्तराष्ट्रिय विश्वकप प्रतियोगिता आयोजना गरेर चर्चा कमाउन सफल स्याङजाको स्वरेक मैदान संगै रहेको भीरकोट नगरपालिका वडानं ८ र ९को संगम स्थलमा पर्ने गडहरे गुफाको ब्यबस्थापन र प्रवद्र्धनमा यति बेला नगरपालिका लागि परेको नगरपालिकाका मेयर छायाराम खनालले जानकारी दिनु भयो ।

मेयर खनालले अहिले सम्म ४ घण्टा गुफाभित्र हिडदापनि अन्तिम विन्दु नभेटीएकोले नेपालकै लामो गुफा हुनसक्ने दावी गुर्नभयो । उहाँले नयाँ बर्ष २०७६ बैशाख १ गते नगरपालिकाले नगरसभा सोही ठाउँमा गर्ने र गुफाभित्र पसेर अबलोकन गर्ने कार्यक्रम तय गरेको बताउनु भयो ।

२०५६ सालमा पत्तालागेको गुफा प्रचार प्रसारको अभावमा ओझेलमा रहेको भीरकोट नगरपालिका वडानं ९का वडा अध्यक्ष भीम गुरुङको भनाई छ ।गुफाभित्र गाइको थुनको आकृति , शिवलिङ ,भगवानको आकृति, पोखरी देख्न सकिने स्थानीयको भनाई छ ।

