मंसिर १४ मा उपनिर्वाचन हुने, कास्की २ चर्चाकाे केन्द्रमा

सरकारले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त ५० स्थानका लागि आगामी १४ मंसिरमा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले रिक्त पदमा आगामी १४ मंसिरमा निर्वाचन गर्ने निर्णय गरेको हो ।

निर्वाचन अायाेगले सर्वदलीय बैठक पछि मंसिर १४ मा उपनिर्वाचन गर्न सरकार समक्ष सिफारिश गरेकाे थियाे ।

कतिपय स्थानमा निर्वाचित जनप्रतिनिधिकाे निधन भएकाे र कतिपय जनप्रतिनिधि अपराधिक क्रियाकलापमा संलग्न भइ अयाेग्य ठहर भएकाले निर्वाचन गर्न लागिएकाे हाे ।

निर्वाचन ५० ठाउँमा हुने भएपनि कास्की जिल्लाकाे क्षेत्र नं. २ मा हुने उपनिर्वाचनमा चासाे बढेकाे छ । कास्की क्षेत्र नं. २ का निर्वाचित सांसद तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकाे हेलिकाेप्टर दुर्घटनामा निधन भएकाे थियाे ।

अधिकारीकाे निधन भएपछि उपनिर्वाचन गर्न लागिएकाे हाे । अधिकारीलाइ प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीका रूपमा समावेश गर्नुभएकाे थियाे ।

अधिकारीको ताप्लेजुङमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनामा परि २०७५ फागुन १५ गते मृत्यु भएको थियो।

Facebook Comments