वाइडबडी जहाज खरिद प्रकरणमा पर्यटनमन्त्रीलाई कार्वाहीको सिफारिस

वाइडबडी खरिद प्रकरणमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी सहित दुई सचिवलाई निलम्बन गर्न संसदीय उपसमितिले सिफारिस गरेको छ । नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा अनियमितता भएको भन्दै संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको छानविन उपसमितिले यस्तो सिफारिस गरेको हो ।

उपसमितिले उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री द्वय जीवनबहादुर शाही र जितेन्द्र देव सहित पूर्व पर्यटन सचिव तथा हालका गृह सचिव प्रेमकुमार राई, पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलाई कार्वाहीका लागि सिफारिस गरेको हो । राई, देवकोटा र कंसकारलाई निलम्बन गर्न सिफारिस गरेको छ ।

उपसमितिले पर्यटनमन्त्री अधिकारीले संसदीय समितिमै झुट बोलेको र जिम्मेवारीबाट टाढा बसेका कारण वाइडबडी खरिदमा भएको भ्रष्टाचारमा मिलेमतो हुनसक्ने आशंका गरेको छ । उपसमितिले तत्कालीन पर्यटन मन्त्रीद्वय शाही र देवले नैतिक जिम्मेवारी नलिएका कारण कारवाहीको सिफारिस गरेको छ ।

पूर्व पर्यटन सचिव शंकर अधिकारीलाई समेत कारवाही गर्न सिफारिस गरिएको छ । यस्तै वाइडबडी जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ घोटाला भएको उपसमितिको निश्कर्ष छ ।

Facebook Comments