सत्राैं संस्करणकाे आहारारा गोल्डकप फुटवल प्रतियोगिताकाे आयव्यय सार्वजनिक

सहारा क्लब पोखराले १७ औं संस्करणको आहारारा गोल्डकप फुटवल प्रतियोगिताकाे आयव्यय सार्वजनिक गरेको छ ।

प्रतियाेगितामा ७० लाख ७८ हजार ८ सय २६ रूपैयाँ आम्दानी भएकाे क्लवका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिनुभयाे ।

क्लबले शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगिताको आयव्यय सार्वजनिक गरेको हो ।

प्रतियोगिताबाट ७० लाख ७८ हजार कूल आम्दानी र ६९ लाख २९ हजार रूपैयाँ र जम्मा खर्च भइ १ लाख ४९ हजार ३ सय २६ रूपैयाँ बचत भएकाे क्लवे जनाएकाे छ ।

१७ औं आहारारा गोल्डकप गत फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा सञ्चालन भएको थियो । प्रतियोगिताको उपाधि थ्रीस्टार क्लवले जितेको थियो ।

प्रतियाेगितामा टिकट बिक्रीबाट १५ लाख ५० हजार २ सय ६५ रूपैयाँ आम्दानी भएकाे छ । याे विगतका बर्षकाे तुलनामा कम हाे ।

यसअघि १६ औं संस्करणमा २४ लाख र १५ औं संस्करणामा १७ लाख टिकट बिक्रीबाट आम्दानी भएकाे थियाे ।

क्लबले प्रतियोगिताको आम्दानी पोखराको दोविल्लास्थित सहारा एकेडेमी सञ्चालनका लागि खर्च गर्दै आएको छ ।

Facebook Comments