मौका आएको बेला काम गर्नुपर्छ : सांसद पहारी
गण्डकी प्रदेशका सांसद राजीव पहारीले मौका आएको बेला काम गर्नुपर्ने बताउनुभएको छ ।उहाँले मौका पाएर पनि काम नगर्नेहरु प्रति लक्षित गर्दे थारो भैसीले गोठ ओगटे जस्तो टिप्पणी गर्नुभयाे ।
उहाँले किसानले दुख गरेर घाँस कुडो गरेको हुन्छ तर थारोभैसीले दुध नदिने भएपछि किसानलाई दुखमात्र हुने तर्फ संकेत गर्नु भयो ।
सांसद पहारीले जनताले विकास र समृद्धिको लागि नेकपाको सरकारलाई झण्डै दुई तिहाइ दिएकोले काम गरेर देखाउनु पर्ने बताउनु भयो ।
कार्यकारी पदमा भएकाहरु उद्घाटन र शिलन्यासमा मात्रै नभुल्न पनि उहाँले आग्रह गर्नु भएको छ । आफुले जनताको विचमा गरेका बाचा पुरा गर्दे गरेको पहारीको भनाई छ ।
पोखरा महानगर वडानं २३मा रहेको ओखढुङगामा शिवशक्ती महिला समुहले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै सो कुरा बताउनु भएको हो ।
पहारीले स्थानीयले महानगरकै वडा भएर पनि २३ नम्बर वडामा एक मिटरपनि पिच नभएकोले हिजो आज भर्जिन वडा भनेर पनि ब्यङग्य हुने गरेको छ ।
यसैविच सांसद पहारी यस बर्ष सो ठाउँमा ग्राभेल हुने र अर्को बर्ष बाटो पिच हुने बताउनुभयो । नेकपाका नेता शिवलाल पराजुलीले विकास सवैको लागि भएकोले वडाको विकासमा सवै लाग्नुपर्नेमा जोड दिनुभयो ।
कास्की जिल्ला भलिबल संघका अध्यक्ष एवं सोही ठाउँका समाजसेवी भीम पराजुलीले पुर्वाधार निर्माण आबश्यक भएको र सांसद पहारीकै पहलमा विकासले गति लिन थालेको बताउनुभयो ।
कार्यक्रममा शिव शक्ती महिला समुहका अध्यक्ष देवु पराजुली,उपाध्यक्ष हरिमाया पराजुली लगायतले विकास निर्माणको लागि सांसद पहारीसंग ठुलो आसा राखेकोले आसालाई निरासामा नपारीदिन आग्रह गर्नुभएको थियो ।
आमा समुहको भवन नहुदा पनि समस्या भएको उहाँहरुले गुनासो गर्नुभएको थियो ।

