प्रधानमन्त्री रोजगार कार्यक्रमः पोखरा २७ मा बाटो निर्माण

पोखरा महानगरपालिका वडा नं. २७ ले प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चन्द्रकालिकामन्दिर पुग्ने सिढी बाटोनिर्माण गरेको छ । कार्यक्रमअन्र्तगतपाँचलाख रुपैया बजेटले मन्दिरसम्मपुग्ने सिढी निर्माण गरेको हो ।

दैनिक १५ जनास्थानीयले सिढी निर्माणका लागिप्रधानमन्त्री रोजगार कार्यक्रमबाट कामगरिहेको वडाध्यक्ष पुर्णकुमार गुरुङ्गले जानकारी दिनुभयो । उहाँले करिव १ सय ६५ मिटर लामो सिढी निर्माणको कामअन्तिम चरणमा पुगेको समेत बताउनुभयो ।

मन्दिर पुग्नको लागि बाटो थिएन वडाध्यक्ष गुरुङ्गले भन्नुभयो—“सिढी निर्माण पछि अहिले सहजहुँदैछ, प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट पनि सही ठाउँमा सदुपयोग भएको छ ।” वडाध्यक्ष गुरुङ्गले अन्यत्र जस्तो देखावटी र बजेट सक्ने नाउँमा घाँस काट्ने नाली सोर्ने जस्तो काम नभई उदाहरणिय कामगरिएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री रोजगारकार्यक्रमअन्र्तग फाराम भरेका सहित स्थानीयलाई दैनिक काममा लगाइएको गुरुङ्गले जानकारी दिनुभयो । सवारी साधन रोकिने स्थान देखीमाथि पिकनिक स्पट र मन्दिरसम्म पुग्नको लागि अप्ठ्यारो गोरेटो बाटो रहेकोमा त्यसलाई विस्थापित गरी सिढी निर्माणगरिएको वडा नं. २७का इञ्जिनियर रविचन्द्र घिमिरेले जानकारी दिनुभयो ।

पोखरा महानगरमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत सिढी निर्माणको काम नै उत्कृष्ट रहेको समेत वडाध्यक्ष गुरुङ्गको दावी छ । उहाँका अनुसार अहिले स्थानीय सामाग्रीप्रयोग गरेर निर्माण गरिएको सिढीलाई थप बजेटको व्यवस्था गरी सिमेन्टेड गरिनेछ ।

वडा नं. २७ मा रहेको चन्द्रकालिका मन्दिरबाट पोखरा उपत्यका, निर्माणधिन पोखरा क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल, पोखराको फेवा सहित बेगनास, दिपाङ, मैदी, खास्टे, गुँदे र न्यूरेनीतालसमेत स्पष्ट देख्न सकिन्छ ।

मनोरम हिमश्रृृखंला र तालतलैया तथा पोखरा उपत्यकाको दृश्याबलोकन गर्न सकिने भएकाले मन्दिर देखी केहीतलपिकनिक स्पोट तयार गरी संचालनमा ल्याइएको वडा सचिव लिलामणि भण्डारीले जानकारी दिनुभयो ।

पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न चन्द्रकालिका भ्यू टावर निर्माण गर्ने र सो क्षेत्रवरीपरि फ्रि वाइफाईको व्यवस्था मिलाउनका लागि महानगरमा पहल भैरहेको समेत अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।

Facebook Comments