नेकपा बैठकः भेनेजुएलाको राजनीतिक घटनाक्रम र कार्यदलको प्रतिवेदनबारे छलफल

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भेनेजुएलाको राजनीतिक घटनाक्रम र पार्टी संगठन एकीकरण गठित कार्यदलको प्रगति सम्बन्धमा छलफल भएको छ । बैठकपछि जारी विज्ञप्तिमा भेनेजुएलाको राजनीतिक घटनाक्रमका बारेमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । भेनेजुएलामा जारी संकटप्रति पार्टीको दृष्टिकोण प्रष्ट भएको भन्दै त्यसमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह पनि गरेको छ ।

सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकले भेनजुएलाको राजनीतिक घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण गर्दै त्यसबारेमा कुनै भ्रम र गलत प्रचार नगरियोस् भन्ने कुरामा आफ्नो दृष्टिकोण प्रष्ट पारेको जानकारी दिनुभयो ।

भेनेजयुलामा जारी राजनीतिक संकटकाबीच नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आपति सतिको विज्ञप्ति निकालेपछि राजनीतिक रुपमा विवाद उत्पन्न गराएको छ । यस्तै बैठकले कार्यदललाई भोलि नै प्रतिवेदन बुझाउन निर्देशन दिएको छ ।

आज बसेको पार्टीको सचिवालय बैठकले अहिले सम्मको कार्यप्रगतिको विवरण सहित प्रतिवेदन बुझाउन कार्यदललाई निर्देशन दिएको हो । सांगठनिक एकीकरणको कार्यभार पूरा गर्न भन्दै सुझाब प्रतिवेदन पेस गर्न नेकपाको स्थायी समितिले कार्यदल बनाएको थियो ।

त्यो कार्यदललाई भोलि नै आफ्नो अहिले सम्मको कार्य प्रगतिको विवरण सहित प्रतिवेदन सचिवालयलाई बुझाउन निर्देशन दिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । कार्यदलले प्रतिवेदन सचिवालयलाई बुझाइसकेपछि त्यसबारेमा आवश्यक निर्णय सचिवालयले लिने र स्थायी समिति बैठकमा बुझाउने प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

अघिल्लो महिना बसेको पार्टीको स्थायी समिति बैठकले ९ सदस्यीय कार्यदल गठन गरेको थियो । १० दिनमा प्रतिवेदन बुझाउन भनिए पनि कार्यदलले प्रतिवेदन तयार गर्न सकेको छैन ।

Facebook Comments