५ बर्षमा गण्डकी प्रदेशको खाद्यन्न उत्पादन दोब्बरः मन्त्री थापामगर
गण्डकी प्रदेशका भुमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले पाँच बर्षमा गण्डकी प्रदेशको खाद्यन उत्पादन दोब्वर हुने बताउनु भएको छ ।
आइतबार पोखरामा प्रदेश स्तरीय खाद्य सुरक्षा गोष्ठीमा बोल्दै मन्त्री थापामगरले सो कुरा बताउनु भएको हो ।
उहाँले अबको २ बर्षमा मुख्य मुख्यबालीमा खाद्यमा आत्मनिर्भर हुने र पाँबर्षमा अहिलेको उत्दानको दोब्वर उत्पादन गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनु भयो । कृषि उत्पादनमा बृद्धि गरि भुमिको बैज्ञानिक उपयोग गरिने बताउनुभयो ।
गण्डकी प्रदेशका नीति तथा योजना आयोगका डाक्टर भीमा ढुङगानाले आयोगले खाद्य सुरक्षाको लागि योजना बनाउने कार्य गर्दे गरेको बताउनुभयो । कार्यक्रममा पाँच वटा कार्यपत्र प्रस्तुत भएको थियो ।
Facebook Comments

