नारी परोपकार केन्द्रमा नयाँ कार्यसमिति चयन

पोखरा ८ मा रहेको नारी परोपकार केन्द्र सिमलचौरको १७ औं साधारण सभा तथा सातौं अधिबेशन सम्पन्न भएको छ । केन्द्रको १७ औं साधारण सभा तथा सातौं अधिबेशन प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले व्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभयो ।

सो अवसरमा प्रमुख अतिथी बुढाले नारी परोपकार केन्द्रले गर्दै आएको सामाजिक उत्तरदायित्वका कार्यहरुको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा विशेष अतिथी संस्थाका सल्लाहकार तारा गिरी, विशेश्वर शिब पञ्चाङ्ग मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवी प्रसाद चालीसे लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

यसैगरि अतिथीहरुमा मानव मिलन नारी जागरण कास्कीका अध्यक्ष सबिता बराल, आमा मिलन केन्द्र पोखराकी अध्यक्ष ईन्दिरा पौडेल, विश्वहिन्दु महासंघ जिल्ला अध्यक्ष पार्वती पौडेल, वडा नं ८ वडा सदस्य कृष्णमान ठुसाजु, पुष्पराज सिग्देल, किरण गौतम, पत्रकार दुर्गा अधिकारी, प्रतिभा मार्ग टोल विकास संस्थाका अध्यक्ष बलराम गिरी लगायतले पनि केन्द्रले सामाजिक काममा लिएको अग्रसरताको प्रंशसा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित हुनेहरुको तर्फबाट अस्मिता सापकोटाले आफ्नो भनाई राख्दै आफू लगायतलाई सम्मान गरेकोमा संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।

यस कार्यक्रममा स्नातक तहको मेडिकल ल्याबरोटरी टेक्नोलोजी (वि एस्सी एमएलटी) कार्यक्रममा उच्च अंकल्याई पोखरा विश्वविद्यालय, स्वास्थ्य विज्ञान संकायमा सर्वोत्कृष्ट अस्मिता सापकोटा, एस ई ई मा उत्कृष्ट अंकल्याई उत्तिर्ण भएका गेनिजा पुरी, सुष्मिता गिरी, सुबिधा शर्मा, सुशान्त पुरी, सजीना गिरी, अमुल थापा, सुगम अधिकारी, विष्णु पोखरेल, गितिका पौडेल र कुलमाया क्षेत्रीलाई सम्मान गरिएको थियो ।

यसैगरी कृष्णमान ठुसाजु, सृष्टि घिमीरे, टेकन गिरी र सोनासा जुहार्चनले केन्द्रलाई आर्थिक सहयोग गर्नुभएको थियो ।

नारी परोपकार केन्द्रका अध्यक्ष शारदा गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पार्वती गिरी र स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष राधाकुमारी शर्माले गर्नुभएको थियो ।

यसैगरीे सचिवको प्रतिवेदन पार्वती गिरी र कोषाध्यक्ष शर्मिला पौडेलले आ.व. २०७५।०७६ को आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

निर्वाचन संयोजकमा तारा सापकोटा, सदस्यहरुमा पार्वती पौडेल र राधा पौडेल रहेको निर्वाचन समितिले संस्थाको सातौ अधिबेशन गराएको हो । अधिवेशनबाट शारदा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा राधाकुमारी शर्मा, द्वितिय उपाध्यक्षमा राधादेवी सिग्देल, सचिवमा पार्वती गिरी, कोषाध्यक्षमा सर्मिला पौडेल, सह सचिवमा उर्मिला भण्डारी सदस्यहरुमा डीलमायाँ पौडल, कमला श्रेष्ठ, प्रिया थापा, विनिता पौडेल, गंगा गिरी, लक्ष्मी पुरी रहनुभएको छ ।

Facebook Comments