नेपाल रेडक्रस सोसाइटी हेम्जा उपशाखाको रजत जयन्ती सम्पन्न
नेपाल रेडक्रस सोसाइटी हेम्जा उपशाखाको रजत जयन्ती, साधारण सभा तथा सम्मान कार्यक्रम शनिबार हेम्जामा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका कोषाध्यक्ष सुरेन्द्र गुरुङले आफ्नै भवन र एम्बुलेन्स सेवा सञ्चालनका लागि पहल गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा न. २५ का वडा सचिब इश्वरीप्रसाद बाँस्तोला, पोखरा महानगरपालिका वडा न. २५ का वडा सदस्य दलबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी कास्की जिल्लाका सदस्य बिष्णु भण्डारी, सल्लाकार बिष्णु अधिकारी, गौरिसंकर मा.बि का प्रध्यापक अम्बर बहादुर गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा सस्थापक पदाधिकारी लगायत हेम्जा उपशाखालाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमकै अवसरमा यस बर्ष नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाले आयोजना गरेको अतिरिक्त कृयाकलापमा उत्कृष्ट हुन सफल बिद्यर्थिलाइ पनि पुरस्कृत गरिएको थियो । कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

