देवघाटधाम धार्मिक पर्यटकीय क्षेत्र : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले पवित्र तीर्थस्थल देवघाटधामलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । देवघाटमा विराट ज्ञान महायज्ञलाई उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले ऐतिहासिक महत्व बोकेको देवघाटलाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

संस्कृत शिक्षाप्रति युवा विद्यार्थीहरुको आर्कषण बढाउनुपर्ने बेला भएको राष्ट्रपति भण्डारीको भनाई छ । देवघाट गुरुकुल शिक्षा चलाएर नेपालको मौलिक संस्कृतिको संरक्षणमा लागेको भन्दै राष्ट्रपति भण्डारीले गुरुकुल संस्थाहरुको काम प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

महेश सन्यास आश्रम तथा महेश गुरुकूलको रजत वर्ष एवं १००८ डा स्वामी रामानन्द गिरिजी महाराजको पूण्यतिथिको अवसरमा महायज्ञ गर्न लागिएको हो । सो गुरुकूलमा कक्षा ६ देखि आचार्यसम्म अहिले ३०० जना विद्यार्थी अध्ययनरत छन् । महायज्ञ फागुन १ गतेसम्म चल्ने आश्रमले जनाएको छ ।

Facebook Comments