नेपालले फुटसल विश्व च्याम्पियनसीपमा खेल्ने


नेपाली फुटसल टोलीले फुटसल विश्व च्याम्पियनसिपमा छनोट भएको छ । नेपाली टोलीले अर्जे्न्टिनामा मार्च ३१ बाट अगस्ट ७ सम्म हुने फुटसल विश्व च्याम्पियनसिपमा सहभागिता जनाउन लागेको हो ।

१२ औं संस्करणको विश्व च्याम्पियनसिपका लागि नेपाले एसिया महादेशबाट वाइल्ड कार्ड इन्ट्रीबाट छनोट हुन सफल भएको नेपाल फुटसल संघका उपाध्यक्ष सन्तोष पराजुलीले जानकारी दिनुभो । च्याम्पियनसिपमा नेपालसहित विश्वका १६ राष्ट्रको सहभागिता रहनेछ ।
विश्वका महारथी खेलाडीहरुसँग खेल्न पाउनु नेपाली खेलाडीको लागि म्याच एक्सपोजर हुने उपाध्यक्ष पराजुलीको भनाई छ ।

नेपाली टिमको छनौटका लागि शुक्रबार राष्ट्रिय खेलकुद परिषदस्थित राखेपको कभर्डहलमा खुल्ला छनोट प्रतियोगिता गरिनेछ । १२ सदस्यी टोली यसअघि नै रहेपनि पुन खुल्ला छनोट गर्न लागिएको हो । प्रतियोगितामा १२ खेलाडी र ५ जना अफिसियल सहित प्रयोगितामा भाग लिन जाने छ । नेपाल फुटसल संघ २०१६ मा स्थापना भएको हो ।

स्थापना पश्चात नै नेपालले श्रीलंकामा भएको तेस्रो साफ फुटसल च्याम्पियनसिपमा सहभागिता जनाउदै दोस्रो स्थान हात पारेको थियो । त्यस्तै नेपालले २०१८ मा पाकिस्तानमा ब्राजिल, टर्की, पाकिस्तान र नेपाल सम्मिलित प्रतियोगितामा तेस्रो स्थान हात पारेको थियो । यही प्रतियोगिताबाट नेपालले एसोसिएसन मुन्डियल डि फुटसल (एएमएफ) को पूर्ण सदस्यता प्राप्त गर्न सफल भएको थियो ।

Facebook Comments