प्रेस र प्रजातन्त्र एक अर्काको परिपुरुकः सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रेस र प्रजातन्त्र एक अर्काको परिपुरक भएको बताउनुभएको छ । पोखरामा आयोजित प्रजातन्त्र सेनानी स्वर्गीय दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान अर्पण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कम्युनिष्टहरुले बैधानिक रुपमा नै अधिनायकवादको अभ्यास गर्न खोज्ने भन्दै नेपालमा भने त्यसो हुन नदिने बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका देउवाले वर्तमान सरकारले प्रेस र मानवअधिकारलाई समेत कुण्ठित गर्न खोजेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने देउवाको भनाई छ ।

काँग्रेस कडा रुपमा प्रस्तुत हुने उहाँको भनाई छ । उहाँले काँग्रेसले संसदमा नै संघर्ष गर्ने तर कुर्ची टेबुल फोर्न पट्टी नलाग्ने बताउनुभयो ।

संसदबाट आफूले उठाएका एजेण्डा सम्बोधन नभएमा शान्तिपूर्ण रुपमा जनताको साथ लिएर सडक संघर्ष गर्ने बताउनुभयो ।

Facebook Comments