स्वास्थ्य उपचार पछि प्रधानमन्त्री ओली स्वदेश फिर्ता
प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार गरेर स्वदेश फर्कनुभएकाे छ ।
सिंगापुरमा १५ दिन लामो स्वास्थ्य उपचार सकिएपछि शुक्रबार थाइ एयरवेजबाट प्रधानमन्त्री ओली स्वदेश फर्कनुभएकाे हाे।
प्रधानमन्त्रीकाे स्वागतमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतकाे उपस्थिति रहेकाे थियाे ।
यसअघि १० दिन सिंगापुरमा उपचार गरेर नेपाल आएकाे १० दिनपछि प्रधानमन्त्री ओली पुनः थप उपचारका लागि सिंगापुर जानुभएकाे थियाे ।
प्रधानमन्त्रीकाे सचिवालयका अनुसार उहाँकाे उपचार सकिएकाे र स्वास्थ्य अवस्था सामन्य रहेकाे छ ।
Facebook Comments

