पोखराको पालिखेचोकलाई थप सुन्दर बनाइने

पोखराको पालिखेचोक फराकिलो बनाएपछि त्यसलाई ब्यवस्थित बनाउन प्रक्रिया अघि बढाइएको छ । पोखरा महानगरपालिकाले सडक र त्यसको सुन्दरताका झल्कने गरी निर्माण कार्य गर्नका लागि टेण्डर निकालिसकेको छ । ४१ लाख रुपैयाँ अनुमानित लागतमा टेण्डर आव्हान गरिएको पोखरा महानगरपालिकाले जनाएका छ ।

टेण्डरबाट निर्माण कम्पनी छनौट भएपछि तत्कालै काम सुरु गर्ने महानगरको योजना रहेको छ । चोकको डिजाईन सहित अहिले टेण्डर निकालिसकिएको पोखरा ४ का वडाध्यक्ष तथा चोक ब्यवस्थित गर्ने अभियानका संयोजक शंकर बास्तोलाले जानकारी दिनुभयो ।

लामो समयसम्म साँघुरो अवस्थामा रहेको पोखराको केन्द्रभागमा रहेको पालिखेचोकलाई महानगरपालिकाले पहल गरी फराकिलो बनाएको थियो । जग्गा र घरधनीलाई मुआब्जा दिएर चोक फराकिलो बनाइएको हो ।

Facebook Comments