टीकाकाे साइत १०.३५ बजे, नेपाली सेनाले निशुल्क बस सेवा सञ्चालन गर्ने
बडादशैं २०७६को टीकाको उत्तम साइत १० बजेर ३५ मिनेटमा परेको छ । दशैंका दिन दिनैभर टिका ग्रहण शुभ मानिन्छ ।
बडादशैं असाेज २१ मा परेकाे छ । हिन्दु धर्मावलम्वीहरूकाे महान् चाड दशैंमा मान्यजनहरुबाट टीका जमरा थापेर आशिर्वाद लिने चलन छ ।
मान्यजनबाट आशिर्वाद लिनुका साथै याे दिन टीका र जमरा थाप्नु असत्यमाथि सत्यकाे जीत भएकाे प्रसङ्गमा पनि लिने गरिन्छ । टीका र जमरालाई दूर्गादेवीको प्रसादको रुपमा लगाउने प्रचलन छ । कसैकसैले टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म र कसैले विजया दशमीको दिनमात्र टीका लगाउँछन् ।
नेपाली सेनाकाे निःशुल्क बस सेवा
नेपाली सेनाले दसैंको टीकाको दिनमा नि:शुल्क बस सेवा सञ्चालन गर्ने भएको छ।
सेनाका अनुसार काठमाण्डाै उपत्यकाका विभिन्न सात वटा रूटमा बसहरू चलाउने जानकारी दिएको छ। पाेखरामा सशस्त्र प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने गरेकाे छ ।
अन्य सार्वजनिक सवारी साधन कम चल्ने हुनाले टीका तथा शुभकामना ग्रहण गर्न जाने यात्रुहरूकाे सुविधाका लागि निःशुल्क बस सेवा सञ्चालन गर्न लागिएकाे हाे ।


