महरा प्रहरी हिरासतमा, २८ गतेपछि मात्र अदालतमा पेश गरिने
निवर्तमान सभामुख कृष्णबहादुर महरा फाैजदारी अभियाेगमा प्रहरीले पक्राउ गरेकाे छ । याेसँगै बलात्कारको आरोपित महराकाे सांसदको हैसियत गुमेको छ।
फौजदारी अभियोगमा पक्राउ परेपछि जनप्रतिनिधिले कुनै पनि सेवा सुविधा प्राप्त नहुने कानुनी ब्यवस्था रहेकाे छ ।
सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीकाे सचिवालय बैठकले महरालाई सभामखुसँगै सांसद पदबाट पनि राजीनामा गर्न सुझाए पनि महराकाे सभामुख पदबाट मात्रै राजीनमा अाएकाे थियाे ।
महरामाथि संघीय संसद सचिवालयमा काजमा कार्यरत रोशनी शाहीका तर्फबाट बलात्कार प्रयास गरेको प्रहरीमा उजुरी परेकाे छ ।
प्रतिनिधिसभा नियमावलीको दफा २४४ को उपदफा ३ अनुसार पक्राउसँगै महराले अब सांसदको हैसियतले कुनै कार्य गर्न नपाउने उल्लेख छ ।
सांसद पदको लोगो कायम रहने र अदालतबाट कैद सजाय ठहर भएमा मात्र महराबाट निलम्बित हुने ब्यवस्था संविधानमा छ ।
यसैवीच महरा विरूद्दकाे मुद्दाको सुनुवाइ भने अब २८ गतेमात्र हुनेछ।
दसैं बिदा परेकोले हाल अदालत बन्द छ। जिल्ला अदालत भने कसैलाई अपरझट पक्राउ गर्न अनुमति दिनुपर्ने भएकोले खुला रहेको हो।
२८ गते अदालत खुलेपछि प्रहरीले महरालाई अदालतमा उपस्थित गराउनेछ। त्यसपश्चात प्रहरीले अनुसन्धान गर्नको लागि अदालतसँग म्याद थप्न अनुमति लिनेछ ।
प्नहरीले अनुसन्धान सकेपछि सरकारी वकिलकाे कार्यालय मार्फत् मुद्दा अगाडि बढाउनेछ । आरोप पुष्टि भएमा महरालाई तीन वर्ष ६ महिना वा ५ वर्ष कैद सजाय समेत हुनेछ । उच्च पदमा रहेकाले थप सजायकाे संभावना समेत रहन्छ ।

