२७औं कालरात्रि सांस्कृतिक कार्यक्रम एवं नवदुर्गा मन्दिर उद्घाटन

पोखरा महानगरपालिका वडानं २९मा रहेको सैनिकबस्तीमा २७औं कालरात्रि सांस्कृतिक कार्यक्रम एवं नवदुर्गा मन्दिर उदघाटन भएको छ ।
आइतबार साँझ भएको कार्यक्रमको गण्डकी प्रदेशका सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले मन्दिरको उद्घाटन गर्नुभएको हो ।


सभापति कोइरालाले मन्दिर निर्माणको लागि स्थानीय सरकारले थोरै रकम सहयोग गर्दा पनि स्थानीय जनतालेनै स्वतस्फुर्त रुपमा आर्थिक सहयोग गरे मन्दिर निर्माण गरेकोले मन्दिरको संरक्षण हुने बताउनु भयो । जहाँ स्थानीयको लगानी हुन्छ त्यहाँ संरक्षण र दिगो पनि हुने बताउनु भयो । सवै ठाउँमा सवै सरकारले मात्रै काम गर्न सम्भव नहुने भन्दै उहाँले जनतालाई विकासमा सहकार्य गर्ने बातावरण सृजना राज्यले गर्नुपर्ने बताउनु भयो ।


जनताले चाहेको विकासमा जनताकै सक्दो सहयोग हुदै आएको स्मरण पनि गर्नु भयो ।
उहाँले हाम्रो सास्कृतिक एवं धार्मिक चाड पर्वले एक आपसमा सद्भाव बढाउने कार्य गरेको भन्दै बडादशै तिहार र छठ, नेपाल सम्बत सवै चाडपर्वको शुभकामना ब्यक्त गर्नुभयो ।
वडानं २९का वडा अध्यक्ष चेत बहादुर गुरुङ लगायतले मन्तब्य राख्नु भएको कार्यक्रम नवदुर्गा टोल विकास सस्थाको आयोजनामा भएको हो । टोल विकास सस्थाका अध्यक्ष चिन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा नबदुर्गा युवा क्लबका संयोजक बुद्ध गुरुङ लगायतको सहभागिता रहेको थियो ।

Facebook Comments