उपनिर्वाचनका लागि मनाेनयन दर्ता गरिदैं

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मुख्य राजनीतिक दलहरू र स्वतन्त्र उम्मेदवारले समेत मनोनयन दर्ता गरेका छन् ।

उपनिर्वाचन हुने जिल्लाहरूमा रहेका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालयमा पुगी राजनीतिक पार्टी सम्बद्ध उम्मेदवारले मनाेनयन दर्ता गराएका हुन् ।

निर्वाचन अायाेगले बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ताको समय दिइएको छ।

संघीय संसदका लागि कास्की २ मा निर्वाचन हुँदैछ भने वाग्लुङ, दाङ, भक्तपुरमा प्रदेशसभाका लागि उप निर्वाचन हुँदैछ ।

भक्तपुर क्षेत्र १ को क, दाङ क्षेत्र नम्बर ३ को ख र बागलुङ क्षेत्र नम्बर २ को खमा उपनिर्वाचन हुन लागेकाे हाे ।

२०७४ सालमा भएको निर्वाचनबाट कास्की क्षेत्र नं. २ मा विजयी प्रतिनिधिसभा सदस्य रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त पदका लागि निर्वाचन हुन लागेको हो।

नेकपा, कांग्रेस, राप्रपा, राष्ट्रिय जनमोर्चा, साझा पार्टी, विवेकशील नेपाली दल लगायतले उपनिर्वाचनमा उम्मेदवारकाे मनाेनयन दर्ता गराएका हुन् ।

कास्की -२ मा सत्तारूढ नेकपाले हेलिकप्टर दुर्घटनामा मृत्यु भएका तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।

भट्टराईले रविन्द्रकाे जन्म भूमी भरतपाेखरीबाट निर्वाचन अभियान शुरू गरी मुख्य निर्वाचन अधिकृतकाे कार्यालयमा पुगेर पहिलाे नम्बरमा नै उम्मेदवारकाे मनाेनयन दर्ता गराउनुभएकाे छ ।

उहाँकाे प्रस्तावकमा प्रभा काेइराला र समर्थकमा कृष्ण थापा रहनुभएकाे छ । दुवै जना गण्डकी प्रदेशका सांसद समेत हुन् ।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत भट्टराइलाई पार्टीले टिकट दिने निश्चित भएपछि राजीनामा दिएर उम्मेदवार मनाेनयन गर्नुभएकाे हेा ।

नेपाली काँग्रेसले काँग्रेसमा लामाे समयदेखि सक्रिय र अवसरबाट बञ्चित नेता खेमराज पौडेललाई उम्मेदवार बनाएको छ।

साेही क्षेत्रमा साझा पार्टीले रजनी केसीलाई र विवेकशील नेपाली दलले जमुना शर्मालाई उम्मेदवार बनाएका छन्।

भक्तपुरमा सत्तारूढ नेकपाले देवीप्रसाद ढकाल, कांग्रेसले कृष्ण भँडेल र सुरज प्रधान उम्मेदवार बनेका छन्।

बाग्लुङमा सत्तारूढ नेकपाले यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने भएकाे छ ।

जनमोर्चाका खिमविक्रम शाहीलाई नेकपाले सघाउने भएको हाे। यहाँ कांग्रेसकाे तर्फबाट जित शेरचन र विवेकशीलका सन्तोष भण्डारी उम्मेदवार बन्ने निश्चित भएकाे छ ।

दाङको प्रदेशसभा सदस्यका लागि नेकपाकी विमला वली, कांग्रेसका केशव आचार्य र साझा पार्टीका शिव चौधरीबीच चुनावी प्रतिस्पर्धा हुन लागेको छ।

दलहरूले चुनाव हुने क्षेत्रहरूमा प्रचारप्रसारका काम सुरू गरिसकेका छन्। कास्कीमा साझा पार्टी, सत्तारूढ नेकपा, समाजवादी पार्टी लगायतले चुनावी प्रचारमा तीव्रता दिइसकेका छन् ।

Facebook Comments