१३ औं ‘साग’मा नेपाल अहिलेसम्म ४३ स्वर्ण जित्न सफल

१३औं दक्षिण एसियाली खेलकुद (साग)को पदक तालिकामा नेपालले उल्लेख्य सुधार गरेको छ । नेपाल ४३ स्वर्ण सहित दोस्रो स्थानमा यथावत् रहेको छ ।

अहिलेसम्म नेपालले ४३ ओटा स्वर्णपदक जितेको छ । भारत ८९ स्वर्णसहित शीर्ष स्थानमा रहँदा तेस्रो स्थानको श्रीलंकाको २९, चौथो स्थानको पाकिस्तानको २०, पाचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ ।

पुछारको भुटानको ६ कास्यपदकमात्रै छ । नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या ११३ पुगेको छ ।

१२ औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो । भारतले अहिलेसम्मका सागमा सबैभन्दा धेरै स्वर्ण जितेको छ ।

Facebook Comments