वाइड बडी जहाज खरिदमा पूवाग्रहका साथ नाम जोडियोः पर्यटनमन्त्री अधिकारी

संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले अनुमान र पूर्वाग्रहका आधारमा वाइडबडी विमान खरिदमा आफ्नो नाम जोडिएको दाबी गर्नुभएको छ । सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर मन्त्री अधिकारीले जहाज खरिद प्रक्रिया सुरु गर्दा मन्त्री भैनसकेको तर आफूले पद सम्हालेपछि देशको इज्ज्त र प्रतिष्ठाको लागि खरिद प्रक्रियालार्य पूर्णता दिएको बताउनुभयो ।

महालेखाले प्रश्न उठाएपनि कानुनको अन्तिम ब्याख्या गर्ने निकाय सर्वोच्च अदालतको २०७४ मंसिर २७ आदेश अनुसार आफूले अन्तिम किस्ता रोक्नसक्ने अवस्था नभएको मन्त्री अधिकारीको जिकिर रहेको थियो । लेखा समिति अन्तर्गतको उपसमितिले मन्त्री अधिकारीलाई पनि नैतिकताको आधारमा कारबाही सिफारिस गरेको थियो ।

तर मन्त्री अधिकारीले आफूले यसमा कुनै खराब नियत नराखेको र आफू पनि वाइड बडी विमान खरिदमा दोषी देखिने सबैलाइ कारबाही गर्नुपर्ने सोचमा रहेको बताउनुभयो । उहाँले संसदिय समितिले थप अध्ययन गरिहरेको र सरकारले पनि यसमा अध्ययन गर्न समिति बनाएकाले सत्य, तथ्य निष्पक्ष ढंगले बाहिर आउने विश्वास व्यक्त गर्नुभयो ।

Facebook Comments