नेपाल र भारत वाणिज्य सन्धि पुनरावलोकनबारे पोखरामा छलफल
नेपाल र भारतको वाणिज्य सन्धिको पुनरावलोकनका लागि सहसचिव स्तरीय बैठक विहिवारदेखि पोखरामा सुरु भएको छ । नेपालका तर्फबाट छलफलको नेतृत्व उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले गर्नुभएको छ ।
उहाँको अनुसार सन्धिको पुनराअवलोकनको मुख्य उद्देश्य वर्षेनी चुलिँदो व्यापार घाटालाई कम गर्ने गरी निर्यात बढाउने र आयात घटाउने रहेको छ । भन्सार शूल्क जसमा नेपालले कृषिजन्य वस्तुको भन्सार छुट माग्ने, वस्तु जुन नेपालबाट भारत निर्यात हुन्छ त्यसमा छुट माग्ने, रेलमार्ग विस्तार जलमार्गको प्रवेशमा सहजताको विषयलाई उठान गर्ने लगायतका विषयहरु नेपालले राख्ने पनि सैंजुले जानकारी दिनुभयो ।
सन् २००९ मा भएको सन्धि पुनरावलोकनको लागि यसअघि नेपाल र भारतबीच दिल्लीमा गत अगस्टमा वार्ता भएको थियो । सन्धि पुनारावलोकनका लागि भारतीय पक्ष पनि सकारात्मक देखिएको बताइएको छ ।
शुक्रवारसम्म चल्ने सहसचिव स्तरीय बैठकमा नेपालको तर्फबाट ९ र भारतका तर्फबाट ७ जना गरि १६ जनाको सहभागिता रहेको छ । बैठकका लागि भारतको तर्फबाट वाणिज्य सहसचिव भुर्पेन्द्रसिंह भल्लाको नेतृत्वको टाली नेपाल आएको हो ।

