नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई रिक्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का भ्रष्टाचार मुद्दामा बर्खास्तीमा परेपछि निगममा निमित्त कार्यकारी निर्देशकका रुपमा सुशील भट्टराईले कार्यरत रहनुभएको थियो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले खुला प्रतिष्पर्धा गराएको थियो । जसका लागि १२ जनाले आवेदन दिएका थिए । १२ जनाबाट ५ जनाको नाम छनौट सूचि तयार गरेको आपूर्ति मन्त्रालयले अनिलकुमार झा, तारानाथ पौडेल र सुरेन्द्र पौडेलको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । मन्त्रिपरिषदले पौडेललाई कार्यकारी निर्देशकको लागि छनोट गरेको हो ।

पौडेल उदयपुर सिमेन्टका महाप्रबन्धक रुपमा कार्यरत रहँदा नै आयल निगमको कार्यकारी निर्देशकका लागि आवेदन दिनुभएको थियो । पौडेलले आफ्नो ३ बर्षे कार्यकालमा सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्टलाई नाफामा लैजान प्रमुख भूमिका खेल्नुभएको थियो ।

Facebook Comments