अधिकारको लागि सवै मजदुर गोलबन्द हुनुपर्ने : मजदुर नेता छन्त्याल

अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन छन्त्यालले अधिकारको लागि सवै मजदुर गोलबन्द हुनुपर्ने बताउनुभएको छ । मंगलबार पोखरामा अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीले आयोजना गरेको प्रशिक्षण तथा अन्तरक्रियामा बौल्दै नेता छन्त्यालले यस्तो बताउनुभएको हो ।

श्रम ऐन २०७४,श्रम नियमावली २०७५, सामाजिक सुरक्षा ऐन २०७४ सामाजिक सुरक्षा नियमावली २०७५ तथा १० प्रतिशत सेवा शुल्क सम्झौता २०७५ सम्बन्धि जानकारीको लागि आयोजना गरिएको प्रशिक्षाण तथा अन्तरक्रिया कार्यक्रममा उहाँले एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागीहरुले योगदानमा आधारित सामाजिक सुरक्षामा सहभागी हुन अपनाउनु पर्ने प्रक्रिया, मजदुरले योगदानमा आधारित सामाजिक सुरक्षामा सहभागी भई विदेश गएको बखत जम्मा भएको पैसा लगायतको बारेमा जिज्ञासा राखेका थिए ।

कार्यक्रममा प्रशिक्षक कुमार पन्तले र लिलाकुमार श्रेष्ठले सामाजिक सुरक्षा कोषका बारेमा स्पष्ट पार्नुभएको थियो । अखिल नेपाल ट्रेड युनियन महासंघका केन्द्रीय उप महासचिव प्रकाश श्रेष्ठ, केन्द्रीय सचिवालय सदस्य माधब पाण्डे, गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतम, राजेन्द्र न्यौपाने लगायतले सामाजिक सुरक्षा कोषले श्रमिकका लागि हुने सुविधाका विषयमा जानकारी गराउनुभएके थियो ।

उहाँहरुले आजका मजदुर अनुसासित र जिम्मेवार सहितको हुने भन्दै जिम्मेवार अनुशासित मजदुरले नै आफ्नो हक अधिकारको लागि लड्न सक्ने उहाँको भनाई थियो । कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ कास्कीका मजदुर नेता भोजराज खत्री, मंगला लिम्वु श्रीराम अधिकारी,राजेन्द्र तिमिल्सीना लगायतलेपनि आ आफ्नो भनाई राख्नुभएको थियो ।

योगदानमा आधारितक सामाजिक सुरक्षा कोष कार्यान्वयमा आउदा मजदुरको हितमा आउने भएकोले केही ब्यक्तिहरु यसलाई असफल बनाउन लागेको भन्दै सवै मजदुर सचेत हुनुपर्नेमा पनि जोड दिएको थियो ।

गण्डकी प्रदेश भित्रका सवै उद्योग कलकारखाना,होटल रेष्टुरेन्ट सवै माघ १ देखि ३ महिना भित्र अनिबार्य सुचिकृत भइसक्नुपर्ने प्रावधान रहेका मजदुर नेताहरुले बताएका छन् । कार्यक्रममा विभिन्न क्षेत्रमा कामगर्ने १ सय ५० भन्दा बढि श्रमिकहरुको सहभागीता रहेको थियो । जिल्ला अध्यक्ष नविन अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन गुणराज बास्तोलाले गर्नुभएको थियो ।

Facebook Comments