आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कारका लागि पत्रकार छनाैट

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले प्रदान गर्ने ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७६’ का लागि चारजना पत्रकार छनौट भएका छन् । चारवटा विधामा प्रदान गरिने पुरस्कारका लागि कौशल चेम्जोङ (रेडियो), राजबहादुर गुरुङ (अनलाइन), गणेश राई (छापा) र शोभा श्रेष्ठ (टेलिभिजन) छनौट भएको फोनिजले जानकारी दिएको छ ।

पुरस्कार फोनिजको २० औं स्थापना दिवसका दिन साउन २७ गते आयोजित कार्यक्रममा प्रदान गरिने फोनिजले जनाएको छ । पुरस्कारको राशी जनही २० हजार रहेको छ ।

स्थापना दिवसको अवसरमा फोनिजले साउन २७ गते अपरान्ह साढे १२ बजे ‘२०औं स्थापना दिवस, पुरस्कार वितरण तथा सम्मान समारोह–२०७६’ आयोजना गरेको छ । उक्त कार्यक्रममा फोनिजका संस्थापकदेखि निवर्तमानसम्मको कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गर्ने फोनिजले जनाएको छ ।

Facebook Comments