स्याङ्जाली सम्पर्क सदन पोखराद्वारा सहयोग
स्याङ्जाली सम्पर्क सदन पोखराले गल्याङ न.पा.९ साङलीया देवलडाँडाका स्व.बुद्धि बहादुर परियार (बुटे दमाई ) को घरमा पुगि राहत सामाग्री सहयोग गरेको छ । सम्पर्क सदनले खाद्यन लगायतका सामाग्री वितरण गरेको हो । २३ हजार भन्दा बढि रकमको खाद्यान सामाग्रही वितरण गरिएको सदनका अध्यक्ष लिलाप्रसाद पंगेनीले जानकारी दिनु भयो । पंगेनीले परिवारका सदस्यलाई राहत सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
असोज १३ गते श्रीमानको मृत्यु भएर क्रियाबसेको बेला घरमा खाने चामल नभएर सेतो कपडामै छिमेकीकोमा चामल खोज्न गएको खबर सामाजिक सञ्जालमा आएपछि सदनले १७ हजार १ सय र लायन्स क्लब अफ पोखरा सीटीले ६ हजार गरि २३ हजार एक सयो बराबरको खाद्यनसामाग्री राहत सामाग्री लिएर आफुहरु उनको घरमै पुगेको सदनका अध्यक्ष पंगेनीले बताउनु भयो । स्याङजाली सम्पर्क सदनले स्याङ्जालीहरुको पिडामा मलम पट्टी लगाउदै आएको सदनले जनाएको छ
असोज १३ गते श्रीमानको मृत्यु भएर क्रियाबसेको बेला घरमा खाने चामल नभएर सेतो कपडामै छिमेकीकोमा चामल खोज्न गएको खबर सामाजिक सञ्जालमा आएपछि सदनले १७ हजार १ सय र लायन्स क्लब अफ पोखरा सीटीले ६ हजार गरि २३ हजार एक सयो बराबरको खाद्यनसामाग्री राहत सामाग्री लिएर आफुहरु उनको घरमै पुगेको सदनका अध्यक्ष पंगेनीले बताउनु भयो । स्याङजाली सम्पर्क सदनले स्याङ्जालीहरुको पिडामा मलम पट्टी लगाउदै आएको सदनले जनाएको छ ।


