नेकपा सचिवालय बैठकः मंसिर २९ मा स्थायी कमिटी बैठक बस्ने

नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे सचिवालय बैठकले विभिन्न निर्णय गरेकाे छ ।

बैठक पुनः आगामी मंसिर २९ गते स्थायी कमिटीको बैठक बोलाउने गरी विभिन्न सातवटा निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमा पार्टीको सचिवालयकाे बैठक बसेकाे हाे ।

बैठकले जिल्लाका विवाद मिलाउनेदेखि छिटफुट एकतालाई आगामी मंसिर २७ गते टुंग्याउने सम्मका निर्णयहरु गरेको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष प्रचण्डको अध्यक्षतामा सोमबार दिउँसो बैठक बसेको थियो । अध्यक्ष ओली स्वास्थ्यका कारण बैठकमा अनुपस्थित रहनुभएकाे हाे ।

सचिवालय बैठकले पार्टीको विधानमा केही संशोधनहरु गरेको र अब बस्नै स्थायी कमिटीको बैठकले अनुमोदन गरेपछि त्यो कार्यान्वयनमा जाने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयाे ।

Facebook Comments