मनकामना केबलकार पोखरा कपको उपाधिका लागि एफिएफ र क्यामरुन आमने सामने

छैटौ मनकामना केबलकार पोखरा कपको फाइनल प्रतिस्पर्धा आइतबार(आज) हुँदैछ । १४ वर्षपछि पोखराको मैदानमा सहभागी भएको अफ्रिकन टोली डफिन्स टिम फेमेली क्यामरुन फाइनलमा पुगेको छ । डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दीलाई सडन डेथमा पराजित गर्दै क्यामरुन फाइनलमा प्रवेश गरेको हो ।

क्यामरुनले सशस्त्र प्रहरीको एपिएफ क्लबसँग प्रतिस्पर्धा गर्दैछ । एपिएफले जापनको रिस्सो विश्वविद्यालयको टोलीलाई टाइब्रेकरमा पराजित गरेको थियो । प्रतियोगितामा शहीद स्मारक लिगमा सहभागि भएका ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ टोलीले उपाधि होडका लागि प्रतिस्पर्धा गरेका थिए ।

छैटौं सस्करणमा पुरस्कार राशीलाई पाँचौ सस्करणको भन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ ।

उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ । उत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने निर्णय समेत कास्की जिल्ला फुटबल संघले गरेको छ । उत्कृष्ट पाँच विधा बेष्ट फरवार्ड, बेष्ट डिफेन्स, बेष्ट मिडफिल्डर, बेष्ट गोलकिपर र बेष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ प्रदान गरिने छ । संघले फुटबल खेलमा योगदान गर्ने एकजनालाई सम्मान स्वरुप मोटरसाईकल प्रदान गर्ने जनाएको छ ।

Facebook Comments