गण्डकी धौलागिरी अञ्चल यातायात समन्वय समितिको अध्यक्षमा पौडेल निर्वाचित

गण्डकी धौलागिरी अञ्चल यातायात समन्वय समितिको अध्यक्षमा व्यवसायी केदार पौडेल चयन हुनुभएको छ । समितिको १० औ साधारणसभा तथा ७ औं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मव चयन गरेको हो ।

समितिको वरिष्ठ उपाध्यक्षमा पृथ्वी राजमार्ग वस संचालक समितिका योगेन्द्र बहादुर केसी, उपाध्यक्षमा ट्याक्सी व्यवसायी समितिका प्रकाश तिवारी र गण्डकी मिनि ट्रकका दयाराम भारती, महासचिवमा पोखरा वसका अमृत शर्मा तिमिल्सिना, सचिवमा वेगनासका श्रीप्रसाद तिवारी, कोषाध्यक्षमा विन्दवासिनीका सन्तोष राना, सह कोषाध्यक्षमा ट्याक्टर व्यवसायी समितिका लक्ष्मण वास्तोला निर्वाचित हुनुभएको छ ।

Facebook Comments