फागुन पहिलो हप्ता अन्तर लायन्स एट ए साइड फुटवल प्रतियोगिता हुने

लायन्स क्लव अफ पोखरा डाउन टाउनको आयोजनामा यही फागुन २ देखि ४ गतेसम्म पोखरामा अन्तर लायन्स एट ए साइड फुटवल प्रतियोगिता हुने भएको छ । लायन सदस्य हरु बिच आपसी भाईचारा र सम्बन्ध कायम राख्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

प्रतियोगितामा २० भन्दा बढी टिमको सहभागिता रहने लायन्स क्लव अफ पोखरा डाउन टाउनका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुने टिमले ५५ हजार ५ सय ५५ र दोस्रो हुने टिमले ३३ हजार ३ सय ३३ रुपैयाँ नगदसहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यसका साथै प्रतियोगितामा सर्वाधिक गोलकर्ता, सर्वोत्कृष्ट खेलाडी, अनुशासित टिम र ज्येष्ठ खेलाडीलाई समेत सम्मान गरिने बताइएको छ । पोखरा महानगरपालिकाको बगरमा रहेको टुडिखेल खेल मैदानमा हुने प्रतियोगिताबाट बचत हुने रकमबाट सामाजिक कार्यमा सहयोग गर्ने क्लबले जनाएको छ ।

Facebook Comments