फागुन १ देखी ‘जाउँ है माछापुच्छ्रे महोत्सव’ हुने

कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसेमा यही फागुन १ देखी ५ गतेसम्म जाउँ है माछापुच्छ्रे महोत्सव हुने भएको छ ।

माछापुच्छ्रे पोखरा सम्पर्क समाजको आयोजनामा समग्र माछापुच्छ्रे गाउँपालिकाको पर्यटन प्रवद्र्धन तथा पर्यटकीयस्थलहरुको प्रचारप्रसार गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिने समाजका अध्यक्ष आशिस पुनले जानकारी दिनुभयाे । महोत्सवबाट बचत रकम एम्बुलेन्स खरिद तथा समाजको भवन निर्माणमा थप गरिने बताइएकाे छ ।

एम्बुलेन्स खरिदको लागि स्वदेश तथा विदेशमा समेत शुभचिन्तक, शुभेच्छुकहरुसँग आर्थिक संलकन गरिएको र महोत्सवपछि पनि आर्थिक संलकलनलाई जारी राखी एम्बुलेन्स गरिद गरिने अध्यक्ष पुनले बताउनुभयाे ।

महोत्सवमा खुल्ला गाउँस्तरीय पुरुष भलिबल प्रतियोगिता, महिला भलिबल, स्थानीय झाँकी प्रदर्शनी, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, प्राचिन लोक नृत्य, झ्याउरी, सालैजो, कौडा, मारुनी नृत्य तथा तरकारी र फलफूलका कृषि सम्वन्धी स्टल रहने आयोजकको भनाई छ ।

महोत्सवमा खड्ग गर्वुजा, बलदीप अर्मजा, समिक्षा अधिकारी, कुमार पुन, जयलक्ष्मी छन्त्याल, निर आले, अञ्जु पोखरेल, दीपक थापा, रामु पुन लगायतका कलाकारको प्रस्तुती रहनेछ ।

महोत्सव सम्पन्न गर्न रु. १२ लाख ७९ हजार खर्च लाग्ने र रु १४ लाख ७१ हजार विभिन्न प्रायोजक तथा सहयोगीबाट संकलन गर्ने लक्ष्य समाजले राखेको छ ।

Facebook Comments