मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास भयाे : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा निराशा फैल्याउने अन्धकारमा राख्न खाेज्ने स्वार्थी तत्वहरूले प्रयास गरिरहेको बताउनुभएको छ । उहाँले त्यस्ता तत्वहरुप्रति सचेत रहन समेत आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने आधार तय भइरहेका बेला उनीहरूलाई निराश बनाउने अनुचित र अनुपयुक्त प्रयास भइरहेको भन्दै त्यसप्रति आपत्ति जनाउनुभयो ।
उहाँले नेपालमा वैदेशिक लगानी भित्रन नदिन चैतको दोस्रो साता आयोजना हुन गइरहेको ‘नेपाल लगानी सम्मेलन’ भाँड्ने तत्वहरू पनि सक्रिय भइरहेको दाबी गर्नुभयो । सोमबार गृह मन्त्रालयमा आयोजित प्रजातन्त्र दिवस मूल समारोह समितिको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अन्धकार युगमा राखिरहने प्रयास अझै पनि भइरहेको बताउनुभयाे ।
प्रधानमन्त्री ओलीले केही दिन अघि अरुण तेस्रो जलविद्युत आयोजनाको मेसिन जलाउने लगायतका आतंककारी गतिविधि भएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिनु भयो । मुलुकमा विद्युतीकरण हुन नदिन त्यस्ता खालको गतिविधि भईरहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।