तनहुँमा ब्यवसायिक किसान र पशुको स्वास्थ्य विमा वडाले गर्ने
तनहुँ शुक्ला गण्डकीनगरापालिकाका वडानं १२का किसानले जनप्रतिनिधि आएको देखिने गरि हिजो आज महसुस गरेका छन् । जतातै जनप्रतिनिधि प्रति गुनासो आइरहदा त्यहाँका किसान भने जनप्रतिनिधि संग सन्तुष्ट भएको पाइएको छ ।
तनहुँ शुक्लागण्डकी नगरपालिका वडानं १२ले कृषक र पशुपालनको क्षेत्रमा विशेष जोड दिएपछि त्यहाँका किसान जनप्रतिनिधि प्रति खुशी भएका हुन् ।
सायद यस क्षेत्रकै कान्छा अध्यक्ष २६ बर्षिय वडाध्यक्ष मनराज गुरुङले दुधमा आफ्नो वडा आत्मनिर्भर भएको र अर्को बर्ष दुध उत्पादन दोब्बर बनाउने र दुध निर्यात गर्ने बताउनु भयो ।
सो वडा बाट अहिले पाँचसय लिटर दुध उत्पादन हुदै आएको अध्यक्षले बताउनु भयो ।
सरकारले ल्याएको स्वास्थ्य विमाको प्रिमियम र पशु विमाको किसानले तिर्नुपर्ने प्रिमियम वडाले तिरेर ब्यबसायिक किसान र पशुको विमा गराउने अध्यक्षले बताउनु भयो । किसानको विमा र पशु विमा वडाले गर्ने भएपछि किसानहरुमा उत्साह थपिएको पुर्व शिक्षक एवं अगुवा कृषक धुव्रराज लामिछानेले बताउनु भयो ।


