प्रधानमन्त्री स्वदेश फिर्ता

सिंगापुरमा उपचार गराएर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएकाे छ ।

नियमित परीक्षणका लागि साउन १८ गते सिंगापुर जानुभएका प्रधानमन्त्री ९ दिनपछि स्वदेश फर्कनुभएकाे हाे ।

प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, बामदेव गौतम लगायतले स्वागत गर्नुभएकाे थियाे ।

स्वास्थ्य अवस्था सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको उल्लेख गनुर्भएकाे छ ।

सिंगापुरमा स्वास्थ्य जाँच गराएर स्वदेश फर्के लगत्तै ट्विटरमार्फत उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएकाे हाे ।

साथै प्रधानमन्त्रीले स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सक, आफ्नो स्वास्थ्यप्रति चासो राखी चिन्ता व्यक्त गर्ने र स्वास्थ्‍य लाभको कामना गर्ने सबैलाई धन्यवाद दिनुभएकाे छ ।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते सिंगापुर जानुभएकाे थियाे भने साेमबार स्वदेश फिर्ता हुनुभएकाे हाे ।

Facebook Comments