शिक्षा क्षेत्रकाे विकासविना मुलुककाे समृद्धि असम्भवःप्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको शैक्षिक क्षेत्रको गुणात्मक विकास हुनुपर्ने बताउनुभएकाे छ ।

सोमबार काठमाडौंमा आयोजित ‘१५ औं राष्ट्रिय शैक्षिक अवार्ड’ विवरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनताको जीवनसँग जोडिने गरी मुलुकको शैक्षिक क्षेत्रको सुधार नगरे मुलुकलाई समृद्ध बनाउने नसकिने बताउनुभएकाे हाे ।

उहाँले शिक्षा क्षेत्रमा गुणात्मक विकासका लागि सबैले योगदान गर्नुपर्नेमा समेत जाेड दिनुभयाे ।अध्यक्ष प्रचण्डले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि सरकारले आफ्नो तर्फबाट सक्दो पहल गरिरहेको बताउनुभयाे ।

उहाँले मुलुकको शैक्षिक क्षेत्रको सुधारका लागि उच्चस्तरीय शिक्षा आयोगले सरकारलाई बुझाएकाे प्रतिवेदन महत्वपूर्ण रहेकाे बताउनुभयाे ।

सरकारले शिक्षा क्षेत्रको सुधारका लागि आवश्यक कानुन निर्माणको कामलाई पनि तीब्रता दिइरहेको प्रचण्डकाे भनाइ थियाे ।

मुलुकको समृद्धिको यात्रालाई सार्थक बनाउन पनि शैक्षिक क्षेत्रमा सुधार गरेर अघि बढनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयाे ।

Facebook Comments